रास्वपाको कार्यालय अनुगमनमा राजनीतिक संवाद समितिको टोली

लोकपथ
56
Shares

काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय अनुगमन गरेको छ ।

मंगलबार अन्य राजनीतिक दलको कार्यालय अनुगमन गरेको सरकारी टोलीले आज रास्वपाको केन्द्रीय कार्यालय अनुगमन गरेको हो ।

अनुगमनका लागि उच्चस्तरीय संवाद समितिका संयोजक रहेका कानुनमन्त्री अनिलकुमार सिन्हासहित सदस्यहरु सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पुगेका थिए ।

केन्द्रीय कार्यालयमा रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी अर्याल) र डा. स्वर्णीम वाग्ले लगायतले स्वागत गरेका थिए ।

त्यसो त सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आजगनी भएका राजनीतिक दलहरुको कार्यालय अनुगमन गरिरहेको छ । मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो ।

त्यसो त सरकारी टोलीले आज नै सीके राउत नेतृत्वका जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय समेत अनुगमन गरिसकेको छ ।

साथै टोलीले अन्य राजनीतिक दलहरुको कार्यालय समेत अनुगमन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?