फागुन २१ मै निर्वाचन हुनुपर्छ : सिके राउत

लोकपथ
56
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले आगामी फागुन २१ गते नै प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले सरकारको कदमलाई सकारात्मक रूपमा लिएको बताउँदै जनमत पार्टीले सुरुवातदेखि नै निर्वाचनमा भाग लिने निर्णय गरिसकेको स्पष्ट पारे । 

उनले जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आवश्यक रहेको धारणा राखे ।

उनका अनुसार छलफलका क्रममा निर्वाचन प्रयोजनार्थ सुरक्षाको विषयमा पनि सरकारसँग चासो राखिएको छ। 

उनले भागेका कैदी र फेला नपरेका हतियारको विषय मात्र नभई समाजमा देखिएको त्रास र अराजकताको अवस्थाको सामना गर्न सक्ने वातावरण सरकारको तर्फबाट निर्माण हुनुपर्ने बताए ।

अध्यक्ष राउतले भने, ‘सरकारको कदमलाई हामीले सकारात्मक रूपमा हेरेका छौँ । निर्वाचनमा भाग लिने निर्णय पहिल्यै गरिसकेका छौँ। फागुन २१ गते निर्वाचन हुनुपर्छ । आन्दोलनको मर्मको कदर गर्दै नयाँ जनादेश लिन आवश्यक छ। समाजमा देखिएको अराजकता र त्रासको सामना गर्ने विषयमा पनि सरकारसँग कुरा भएको छ ।’

जनमत पार्टीले निर्वाचन समयमै गरिनुपर्ने र त्यसका लागि शान्ति–सुरक्षाको सुनिश्चितता अपरिहार्य रहेको धारणा राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?