काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च हो ।
त्यस्तै आज चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी तोला १६५ रुपैयाँले वृद्धि भएर ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया