काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनपछि ध्वस्त भएको नेकपा एमालेको च्यासलस्थित कार्यालयको अनुगमन गरेको छ ।
सरकारले राजनीतिक दलसँग संवादका लागि गठित समितिको टोलीले च्यासल पुगेर जलेर खण्डहर बनेको एमाले पार्टी कार्यालयको अनुगमन गरेको हो ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।
सरकारी टोलीलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए । भेटका क्रममा आगामी निर्वाचनबारे समेत कुरा भएको थियो ।
त्यसो त उक्त टोलीले आजै सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको थियो ।
त्यस्तै आजै नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) को कार्यालय समेत अनुगमन गर्ने तयारी गरिएको छ ।
सरकारले आगामी निर्वाचनका लागि सहज वातावरण बनाउनका लागि राजनीतिक दलहरुसँग समेत संवाद अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया