एकैदिन ५५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
420
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँ बढेको हो ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । 

चाँदीको भाउमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ ।

प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?