तराईमा अत्यधिक चिसोले जनजीवन प्रभावित, विद्यालय धमाधम बन्द गरिँदै

लोकपथ
364
Shares

रौतहट । विगत चार दिनदेखि लगातार बढेको चिसो र शीतलहरका कारण रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।

गौर नगरपालिकाले सोमबार सूचना जारी गर्दै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । अत्यधिक चिसोका कारण पठनपाठनमा असहजता हुनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरका अनुसार बिदा बर्खे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको छ। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ ।

चिसो अझै केही दिन कायम रहने पूर्वानुमान रहेकाले आवश्यक सतर्कता अपनाउन नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?