ओलीप्रति प्रधानमन्त्रीको व्यंग्य– ‘कानुन छ, टुँडिखेलमा झुण्ड्याएर गोली हान्ने भनेको होइन नि !’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएका छन् ।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउँदै रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताइन् ।

नेकपा एमाले अध्यक्ष एवं जेनजी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताइन् ।

आफूहरु कानूनका ज्ञाता भएकाले कानुनअनुसार अघि बढ्ने बताइन् । आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरिन् ।

उनले भनिन्, ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुपर्‍यो नि, विकास त हुनुपर्‍यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुन भनेको । हामी त कानुनका ज्ञाता मान्छेहरु हौँ । त्यसका पनि घडी छन् । आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ । सीआइबीले काम गरेको गर्‍यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यो कुरा पनि मनन गर्नुहोला ।’

प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?