तनहुँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना फर्किसकेका छन् भने बाँकी कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
आन्दोलन भएको तीन महिना बितिसक्दा पनि नफर्किएका कैदीबन्दीहरूका विषयमा खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । केही कैदीबन्दीहरू स्वेच्छाले कारागार फर्किँदै आएका भए पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
यसैक्रममा जेनजी आन्दोलनका बेला कारागारबाट फरार रहेका गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ का २२ वर्षीय सुमन परियारलाई बिहीबार पक्राउ गरिएको छ । नकबजनी चोरी मुद्दामा सजाय भोगिरहेका परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार पठाइएको डिएसपी विकले बताए ।
प्रहरीका अनुसार फरार कैदीबन्दीको पहिचान, निगरानी र पक्राउका लागि विशेष टोली परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया