यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णयहरु

लोकपथ
693
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ ।

शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले केन्द्रीय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ ।

११औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रस्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताए । बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई समेत दिएको छ ।

उपमहासचिव भट्टले भने, ‘विधान संशोधन, जो भयो । त्यसको सम्पादन र प्रकाशन एक हप्ताभित्रै त्यसलाई प्रकाशन गरेर सम्बन्धित सबै पार्टी कमिटीहरुमा पुर्‍याउने भन्ने छ । अर्को कार्य विभाजनको निमित्त सचिवालयले अख्तियारी लिएको छ । र केन्द्रीय सल्लाहकार परिषद गठन गरेको छ । केन्द्रिय कमिटी बैठक यही पौष २७, २७ र २८ गते आयोजना गरेको छ ।’

एमालेले पार्टीको ११औँ महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?