रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने

लोकपथ
434
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको मुल नेतृत्वमा फर्किने भएका छन् ।

सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धुनामुक्त गर्ने आदेश दिएसँगै लामिछाने शुक्रबार रिहा हुँदैछन् ।

हाल नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जाँदैछन् । रुपन्देही जिल्ला अदालतबाट कागजी प्रक्रिया मिलाएपछि रिहा भएसँगै लामिछाने पार्टीको मुल जिम्मेवारीमा तत्काल फर्किने कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) अर्यालले जानकारी दिए ।

‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौँ,’ अर्यालले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

त्यसो त उच्च अदालतको निर्णयलाई रास्वपाले स्वागत गरेको समेत उनले बताएका छन् । साथै रवि कारागारमा हुँदा देशभरबाट सहयोग र सद्भाव राख्नेहरुप्रति रास्वपाले आभार व्यक्त गरेको छ । त्यति मात्र नभइ तत्कालीन सरकारले रविमाथि प्रतिशोध साँधेको र वर्तमान अन्तरिम सरकारले न्यायिक पुनरावलोकनमार्फत् रविलाई न्याय दिने विश्वास समेत व्यक्त गरेका छन् ।

यो पनि…

रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्न भएको आदेशमा के भनिएको छ ? [पूर्णपाठ]

रवि लामिछाने भोलि मात्रै छुट्ने




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?