एमालेमा ओलीपछिको वरीयतामा माओवादी पृष्ठभूमिका बादल 

लोकपथ
1.5k
Shares

काठमाडौं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरीयतामा राखिएको छ । उपाध्यक्षमा ५ जना निर्वाचित भएकोमा माओवादी पृष्ठभूमिका बादललाई दोस्रो वरीयतामा राखिएको हो । 

दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ वरीयतामा थिए । 

एमालेको एघारौँ महाधिवेशनपछि आज शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक थापाथलीस्थित कार्की ब्यांकेटमा बसिरहेको छ ।

बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् भने त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।  पौडेल यसअघि छैटौँ वरीयतामा रहेका थिए । उनी अहिले तेस्रो वरियतामा पुगेका छन् । 

गुरुङ उपमहासचिवबाट उपाध्यक्ष बनेका हुन् । सचिवबाट उपाध्यक्षमा फड्को मारेका विष्ट यसअघि १४औँ वरीयतामा थिए । 

पन्त स्थायी कमिटी सदस्यबाट सिधै उपाध्यक्ष बनेका हुन् । उनी दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यतिबेला उनी एमाले केन्द्रीय कमिटीमा २३औँ नम्बरमा थिए । ओलीले अघि सारेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि उनलाई चिट्ठा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?