उपमहासचिवमा उम्मेदवारी फिर्ता गरेका राजेन्द्र गौतमले पाए २७० मत 

लोकपथ
329
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत उपमहासचिवको उम्मेदवारी फिर्ता गरेका राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका छन् । 

आफूमाथि अन्याय भएको भन्दै गौतमले उम्मेदवारी दर्ता गराएका थिए । तर उनले उम्मेदवारी फिर्ता गरे पनि उनको नाम भने उम्मेदवारको लिस्टबाट हटेको थिएन । तीन जना उपमहासचिव रहने एमालेको महाधिवेशनमा ७ जनाको उम्मेदवारी परेको थियो । 

जसअनुसार ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईसहित ३ जनाले जित हासिल गरेका छन् । यता केपी शर्मा ओलीका खास मानिएका विष्णु रिमालले भने हार व्यहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?