राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशको राष्ट्रियता संकटमा रहेको भन्दै एमालेमा केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गिरीले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने र मुलुकको राष्ट्रियताको संरक्षण गर्नुपर्ने भएकाले पार्टीमा दृढ र बलियो नेतृत्व आवश्यक रहेको बताए ।

उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रूपले सम्पन्न हुँदैछ । प्रतिनिधिहरू आफ्नो नेता चयन गर्न लाइनमा लागेर खुसीयालीको वातावरणमा मतदान गर्दै छन् । मुलुक अत्यन्तै अप्ठ्यारो परिस्थितिमा छ । लोकतन्त्रमाथि आक्रमण भइरहेका बेला संविधान र राष्ट्रियताको रक्षा गर्न एमालेमा बलियो नेतृत्व आवश्यक छ। केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने सोच सबै प्रतिनिधिमा देखिएको छ ।’

नेता गिरीले नयाँ अनुहार पनि केन्द्रीय समितिमा देखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?