काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरिएको विद्युतीय मतदान सफलतापछि प्रतिनिधिहरु मतदानका लागि प्रवेश गराइएका हुन् ।
मतदानस्थल भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिसँगै मतदान प्रक्रिया सुरु भएको हो । अर्का अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल भने बिहानै मतदातासँग भेटेर मत माग्दै रहेका थिए ।

हिजो बिहान १० बजे मतदान सुरु हुने तालिका भए पनि, उम्मेदवारको संशोधित सूची विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ भएको र फन्ट सपोर्ट नभएको कारणले मतदान आज बिहान सुरु गरिएको हो ।

केन्द्रीय कमिटीका ३०१ सदस्य चयनका लागि २,२६३ प्रतिनिधि मतदानमा सहभागी भएका छन्। केही पदका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । प्रत्येक प्रतिनिधिलाई भोट हाल्न ३५–४० मिनेट लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले एकपटकमा ५० जनालाई मतदान गर्न व्यवस्था गरेको छ भने महिला र पुरुषको एउटै लाइन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया