राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए पदबाट राजीनामा

लोकपथ
1.5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापापुत्र सुनिलले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न राजीनामा दिएको स्रोतको दाबी छ । 

थापा २०७९ को निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सुनिल त्यसपछि राष्ट्रपति पौडेलको सल्लाहकार बनेका थिए । 

सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई कांग्रेस राजनीतिमा होमिएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?