काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्र सुरु हुने भएको छ । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन आयोग निर्वाचनको प्राविधिक तयारीमा जुटेको छ ।
निर्वाचन आयोगका अनुसार आयोगले उपलब्ध गराएको सबै उम्मेदवारको नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ । सोही कारण दिउँसो १ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्रक्रिया ढिलाइ भएर ४ बजेपछि मात्रै सुरु हुने भएको हो ।
महाधिवेशनका क्रममा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गरिने आयोगले जनाएको छ । प्रत्येक मतदाताले भोट हाल्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ ।
प्राविधिक तयारी पूरा भएसँगै मतदान प्रक्रिया सुचारु गरिने र निर्वाचन शान्तिपूर्ण तथा पारदर्शी ढंगले सम्पन्न गर्ने तयारी गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया