विधान संशोधनपछि यस्तो बन्नेछ एमालेको संरचना, हटाइयो वरिष्ठ उपाध्यक्ष पद

लोकपथ
833
Shares

काठमाडौं । नेकपा एमालेको विधान संशोधन भएको छ । जसअनुसार १५ सदस्यीय रहेको पदाधिकारी संख्या बढेर १९ सदस्यीय बनाइएको छ । भने २५१ सदस्यीय रहेको केन्द्रीय कमिटीको संख्या ३०१ जना बनाइएको हो ।

एमाले ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार अब एक अध्यक्ष, एक महासचिव, ५ उपाध्यक्ष, ३ जना उपमहासचिव र ९ जना सचिव रहनेगरी विधान संशोधन गरिएको हो ।

त्यसो त यसअघि गत भदौ २२ गते सम्पन्न एमालेको विधान महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

त्यसबाहेक विधान संशोधनपछि एमालेको स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ केन्द्रीय कमिटी ३०१ (पदाधिकारी सहित) रहनेछन् ।

त्यसो त शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव अघि बढाउने तयारी गरेका थिए । तर वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका दाबेदार ईश्वर पोखरेलको विरोधपछि पछि हटेका ओलीले पुनः विधान संशोधनको प्रस्ताव गरी अनुमोदन गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?