काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र दिउँसो १ बजेका लागि सारिएको छ ।
आज बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएकोमा त्यसपछि पुनः १ बजेका लागि सारिएको हो ।
भक्तपुरको सल्लाघारीमा हिजो उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज भृकुटीमण्डपमा हुँदैछ ।
अहिले केन्द्रीय कमिटीको यो कार्यकालको अन्तिम बैठक बस्ने तयारी भइरहेको छ ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमहरूबारे छलफल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया