रिडाराको पिकअप किन्दा अफर नै अफर : ८० प्रतिशतसम्म फाइनान्सिङ, एक्सचेन्जमा ३ लाखसम्मको ‘टपअप’

लोकपथ
98
Shares

काठमाडौं । सिजी मोटर्सले बजारमा ल्याएको ईभी पिकअप रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन विशेष अफर सार्वजनिक गरेको छ ।

सीमित अवधिका लागि सार्वजनिक गरिएको अफर अन्तर्गत ग्राहकहरुले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्ज गर्दा ३ लाखसम्मको टपअपको सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।

यस अवसरमा रिडाराले “Test Drive. Feel Thrill. All Day.” क्याम्पियन पनि सञ्चालन गरिरहेको छ । जहाँ ग्राहकहरुले पूरै दिनको टेस्ट ड्राइभमार्फत् रिडारा ईभी पिकअपको प्रदर्शन, आराम र वास्तविक ड्राइभिङको अनुभूती गर्न सक्ने कम्पनीको दाबी छ ।

नेपालको विविध भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा पिकअपमा उच्च ग्राउण्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ । रिडाराको टू डब्ल्यूडी भेरियन्ट शहर र हाइवे ड्राइभका लागि स्मूथ र किफाइती रहेको र फोर डब्ल्यू डी भेरियन्टले कठिन भूभाग तथा अफ रोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीको विश्वास रहेको जनाएको छ ।

यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बीमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रिडाराको उक्त अफर देशभरका सबै रिडारा शोरुमहरुमा सीमित अवधिका लागि उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?