काठमाडौं । बहुविवाह कसुरमा नेपाल प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत डीएसपी मधु नेपाल पक्राउ परेका हुन् । उनलाई पूर्वपत्नीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।
डीएसपी नेपाललाई थुनामा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनी पक्राउ परेलगत्तै निलम्बनको प्रक्रिया अघि बढेको छ ।
नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया