काठमाडौं । शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मोल ३ हजार ६ सय ५ रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया