धादिङ । धादिङको धुनिवेशी नगरपालिका-६, चालिसेमा आज दिउँसो ठुलो सवारी दुर्घटना भएको छ । एकपछि अर्को गरी छ वटा सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, दुर्घटना केहीबेरअघि मात्रै घटेको हो । प्रारम्भिक रूपमा मानवीय क्षति हुनसक्ने आशंका गरिएको छ भने विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनामा संलग्न सवारीमध्ये एक डिब्बा गाडीको ब्रेक फेल भएर नियन्त्रण गुमाएको र त्यसकै प्रभावमा अन्य सवारी पनि ठोक्किएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । उद्धार कार्य अहिले पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ । घटनासम्बन्धी थप विवरण संकलन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया