योजनाअनुसार खेलमा सफल भयौँ : सन्दीप लामिछाने

लोकपथ
343
Shares

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरू प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् । 

उनले फिल्डिङ रोजेसँगै जितसुकै ठुलो लक्ष्य दिए पनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए । बलिङमा बिचमा केही ठाउँमा चुकेको भए पनि राम्रो खेलेको बताए । ओपनिङ पार्टनरसिप नै आफूहरूका लागि महत्त्वपूर्ण भएको बताए । 

विराटनगर किंग्सका खेलाडी फाप डु प्लेसिसले पावर प्लेमा स्पिनर बलिङ र दायाँ र बायाँ हाते ब्याट्सम्यान भएकाले पनि रन बढी बटुल्न सकेको बताए । विश्व क्रिकेटमै सन्दीप स्पेशल बलर रहेको बताउँदै टिमले उनीबाट धेरै अपेक्षा गर्ने बताए । उनले नेपालमा क्रिकेटको विशेष रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताए । 

सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले समग्रमा आजको खेल राम्रो भएको बताए । आफूहरूले प्रयास गरेअनुसार नै खेल भएको बताए । आजको खेलमा प्लेइङ ११ मा नयाँ खेलाडीलाई मौका दिएको र यसले आउनेखेलका लागि राम्रो हुने बताए । उनले पावर प्लेमा राम्रो बलिङ हुन नसकेको बताए ।

आफूहरू दबाबमा नरहेको तर विराटनगर किंग्सले पावर प्लेमा राम्रो ब्याटिङ गरेको बताए । नेपाली खेलाडी र नागरिकको लागि विश्वकै चर्चित खेलाडीहरू आएर खेल्नु राम्रो भएको र आफूहरूले पनि सिकिरहेको बताए । आफूहरू विदेशी खेलाडीमामात्रै निर्भर नरहेको र नेपाली खेलाडीहरूले राम्रो खेलिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?