नेकपाको सन्देश सभा आज जनकपुरमा, शीर्ष नेताहरूले सम्बोधन गर्ने 

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनकपुरको तिरहुतिया गाछीमा प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्दैछ । दिउँसो १ बजे सुरु हुने कार्यक्रममा ठूलो भीड जुट्ने अपेक्षा गरिएको छ ।

प्रदेशभरि सन्देश सभा गर्दै आएको नेकपाले जनकपुरमा पनि आफ्नो संगठित शक्ति प्रदर्शन गर्ने उद्देश्य राखेको जनाएको छ ।

आजको सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेताहरू महिन्द्रा राय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । 

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट नेता-कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?