काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले २२औँ राष्ट्रिय ज्यापु दिवस र योमरी पुन्हीलाई केवल पर्व नभई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् ।
ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर डंगोलले भनिन्,‘ आजको दिन ज्यापु समुदायको मेहनत, माटो र पहिचानको प्रतीक हो ।’ उनले यस दिनलाई विभिन्न जात्रा र परम्परा मात्र नभई अस्तित्वको रूपमा लिनुपर्ने जोड दिइन् ।
‘आजको ज्यापु दिवसले हाम्रो मेहनत, माटो र पहिचान दर्शाइरहेको छ। त्यस कारण यो दिन हामीले पर्व मात्र नभई संस्कारको रूपमा मनाउनुपर्छ। नयाँ धान उब्जाएपछि घरमा भित्र्याउँछौँ र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गरिन्छ ।’ उनले भनिन्
उनले नेपालीको नाम विश्वभर गर्वका साथ चिनाउनुपर्ने आवश्यकता औँल्याउँदै योमरी पुन्हीको सांस्कृतिक महत्त्वलाई जनसाधारणबीच फैलाउनुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया