काठमाडौं । नेपालमा अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) लाई पनि चलनचल्तीका लागि बाटो खुलेको छ ।
नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा रहेकोमा भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । यसका लागि नेपाल राष्ट्रबैंकले उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र (निर्देशन) दिनुपर्छ ।
राष्ट्र बैंकको निर्देशनकै कारण हाल एक सयभन्दा ठूला दरका भारु चलनचल्तीमा छैनन् ।
हाल भारतमा ठूला दरका १ सय, २ सय, ५ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न बन्द गरिसकेको छ । यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो ।
सन् २०१६ मा भारतले ५ सय र १०० दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती दरका नोट अझै साटिएका छैनन् । यसकारण राष्ट्र बैंकले ठूला दरका भारु चलनचल्तीमा नल्याउने (सटही नगर्ने) निर्देशन जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया