एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट

लोकपथ
203
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरुले दृष्टि आई केयरमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

मंगलबार भएको द्वीपक्षीय सम्झौता पश्चात बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ENT and General Service अन्तर्गत OPD मा २० प्रतिशत तथा Investigation मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, आँखा उपचार गर्दा OPD General २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत,Laboratory मा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

उक्त सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MOBANK) एप मार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?