एनपीएल खेल्न दक्षिण अफ्रिकाबाट नेपाल आइपुगे फाफ डु प्लेसिस

लोकपथ
714
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज काठमाडौं आइपुगेका छन् ।

प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपीएल खेल्न काठमाडौं आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् ।

पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’ नजिक पुगेको छ ।

विराटनगरको अर्को खेल बुधबार लुम्बिनीसँग छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?