नुवाकोट । जिल्लाको विदुर नगरपालिका–३ स्थित मैरीटारस्थित श्री चण्डी आधारभुत विद्यालय विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको छ ।
नविक कोइराला फाउण्डेशन अमेरिकाको सहयोगमा विद्यालयमा आयोजित एक कार्यक्रममाबीच विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको हो।
फाउण्डेशनका तर्फबाट उक्त विद्यालयमा कक्षा नर्सरीदेखि ८ सम्म अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका राईले जानकारी दिइन् ।

न्यायो कपडास्वरुप ट्याकसुट वितरण गरिएको थियो । विदुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बद्री रिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमति प्रदेश विश्वविद्यालय संरक्षक समिति सदस्य आरपी रिमाल, भूमी समस्या समाधान आयोग नुवाकोटका सदस्स्य माधव रिजालसहित फाउण्डेसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विद्यालयमा विद्यार्थीहरुलाई न्यायो कपडा वितरणसँगै विद्यार्थीहरु पनि खुशी भएको विद्यालयले जनाएको छ । उक्त संस्थाले आफ्नो सामाजिक कार्यलाई विगतदेखिनै निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया