‘उद्योगी-व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियो’

लोकपथ
35
Shares

काठमाडौं। नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी-व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै यसको असर व्यवसायीको आत्मबलमा परेको बताएका छन् ।

नेपाल-भियतनाम चेम्बरको १४औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै अध्यक्ष मल्होत्राले भने, ‘संसारभर उद्योगी-व्यवसायी इज्जत पाउँछन्, तर यहाँ उनीहरूलाई इज्जत नदिइएको दुःखद् कुरा हो । देशको कुशासन नै व्यवसायीमाथि नकारात्मक दृष्टिकोणको मुख्य कारण हो ।’

उनले कुशासन हटाएर व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्ने र निजी क्षेत्र सक्रिय भए दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुने बताए ।

कार्यक्रममा नेपाल चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम व्यापार सम्बन्ध अझ सुदृढ पार्नुपर्ने औँल्याए । उनले भने, ‘भियतनामको GDP वृद्धिको दरअनुसार नेपालले हासिल गर्नका लागि सम्बन्ध बढाउनु जरुरी छ। मेलाहरूबाट निरन्तर लाभ उठाउन नेपालले प्रयास गर्नुपर्छ ।’

अध्यक्ष मल्होत्रा र पूर्व अध्यक्ष श्रेष्ठको दृष्टिकोण अनुसार, व्यवसायीलाई इज्जत र सहयोग दिनु आर्थिक विकासको आधार हो र यसबिना मुलुकको समृद्धि सम्भव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?