काठमाडौं । धनगढीमा नेकपा एमाले निकट युवा संघ नेपाल र जेनजीबिच झडपको स्थिति सिर्जना भएको छ ।
बुधबार दिउँसो एमाले नेता महेश बस्नेत त्यहाँ जाने भएसँगै जेनजी उमेर समूहका युवायुवतीहरुले विरोध जनाएका थिए । बस्नेत विमानस्थलमा ओर्लिएपछि युवासंघले मोटरसाइकलमा स्कर्टिङसहित बस्नेतलाई लगेका थिए । सो क्रममा बस्नेतको विरुद्धमा नाराबाजी गरेका युवायुवतीहरुसँग युवासंघको मुठभेडको स्थिति सिर्जना भएको थियो । झडपका क्रममा एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
त्यसो त बस्नेत देशका विभिन्न स्थानमा पुग्दा जेनजीहरुले विरोध जनाइरहेका छन् । खासगरी जेनजी आन्दोलन हुँदा नेकपा एमाले नेतृत्वको सरकार रहेको र जेनजी विद्रोहलाई एमालेले अबमूल्यन गरेको भन्दै विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया