काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमका बिच डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबिचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्व प्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा घोषणा गरेका थिए । सो पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया