काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको तयारीसँगै विभिन्न संघर्ष र विरोध कार्यक्रमहरू सँगसँगै सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र आन्दोलन कार्यक्रमहरू एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।
जसपा नेपालले मंसिर १० गते देशभरका जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
त्यसपछि मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजारमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन कार्यक्रम सञ्चालन गरिनेछ । मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मागसहित प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ ।
पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्ने योजना रहेको छ । साथै, पार्टीले प्रदेशस्तरीय विरोध र जनप्रदर्शनको तालिका पनि सार्वजनिक गरेको छ। सोअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, र पुस १७ गते नेपालगञ्ज र भैरहवामा कार्यक्रम हुने तय गरिएको छ ।
पार्टीले आवश्यक अनुसार अन्य विरोध कार्यक्रमहरू सम्बन्धित जिल्ला वा प्रदेश समितिको निर्णय अनुसार सञ्चालन गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया