काठमाडौं । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी (PIO) तथा प्रमुख गुनासो अधिकारी (CGO)को जिम्मेवारी परिवर्तन गरेको छ ।
बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा कमल खड्कालाई नियुक्त गरिएको हो ।
नियुक्त दुवै अधिकारीको जिम्मेवारी आज देखि लागू भएको बैंकले जनाएको छ ।
बैंकका ग्राहकले आधिकारिक सूचना तथा जानकारीका लागि प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सक्नेछन् ।
त्यस्तै, बैंकिङ सेवा सम्बन्धी कुनै पनि गुनासोका लागि प्रमुख गुनासो अधिकारी कमल खड्कालाई ९८०१९७७९३६ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । गुनासो इमेलमार्फत पठाउनसमेत सकिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सूचना बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा जारी गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया