एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशतसम्म छुट

लोकपथ
126
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । 

सम्झौता अनुसार, बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त छुट होटलका आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा लागू हुनेछ ।

ग्राहकहरूले बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गरेमा छुट सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई थप सुविधा प्राप्त हुनुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?