काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनी झापालाई आवश्यक सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । इन्स्योरेन्स लिमिटेडले हालै जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको हो ।
उक्त सहयोग सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा हस्तान्तरणका हुन् ।
सहयोग सामग्री इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साल तथा इलाका पुनर्निर्माण समितिका संयोजक एवं उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र बिर्तामोड शाखाका शाखा प्रमुख सुशील थापाले झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान कम्प्युटर पनि प्रदान गरेका छन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यो सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै, संस्था सधैँ सामाजिक उत्तरदायित्व, सहकार्य र समुदायप्रतिको प्रतिबद्धतामा दृढ रहेको जनाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका पुनर्निर्माण र सहयोगमूखट्ठ गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया