काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्वाचन अघि नै पार्टीको १५औँ महाधिवेशन गरेर अघि बढ्न सुझाव दिएका छन् ।
जारी केन्द्रीय समितिको बैठक अन्तर्गत मंगलबारको बैठकमा आफ्नो लिखित धारणा राख्दै विश्वकर्माले महाधिवेशनका विषयमा धेरै बहस भन्दा पनि तत्कालै कार्यतालिका सार्वजनिक गरेर अघि बढ्न सुझाव दिएका हुन् ।
उनले केन्द्रीय समितिले निर्णय नै गरेर अघि बढे पनि विशेष महाधिवेशनले पार्टीमा सकारात्मक सन्देश दिन नसक्ने भन्दै नियमित महाविधेशनको माध्यमबाट अघि बढ्नुपर्ने बताए ।
‘निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफालौं अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्वका कार्य हून । केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठिकै होला । होइन भने पार्टी सहज अवस्थामा रहदैन । तर नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहाना र रुपान्तरण ल्याउँनेछ भने आम निर्वाचनले आम नेपाली जनतामा आशा भर्नेछ र सिङ्गो मुलूकलाई सहि दिशामा लान मद्धत गर्नेछ । तर कुन पहिले भन्ने सवाल हाम्रा सामु तेर्सिएको छ । मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ । यसका लागि छलफल र बहसमा अल्झिएर समय वर्वाद नगरौं महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौं । यसको मतलव निर्वाचन भन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं । सोही अनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गरौँ । क्रियाशील सदस्यता नविकरण, नयाँ वितरण प्रभावकारी बनाउँने कार्य तिव्र गतिमा अघि बढाऔँ । यसले निर्वाचनको माहौल पनि सँगसँगै बनाउँदै लान्छ । वडा र पालिका तहसम्मको अधिवेशनले आम चुनावमा नोक्सान पुर्याउँदैन । जब निर्वाचनको चाप वढ्छ, पार्टीको सम्पूर्ण शक्ति आम निर्वाचनमा लगाउँनु पर्ने हुन्छ तब अधिवेशनका वाँकी कार्यक्रम स्थगन गरि सम्पूर्ण शक्ति निर्वाचनमा लगाउँला,’ उनले भनेका छन् ।
त्यस्तै उनले विभिन्न समयमा पार्टीसँग गुनासो गरी निष्क्रिय रहेका वा पार्टी परित्याग गरेर गएका नेता कार्यकर्ताहरुलाई फर्किन आह्वान गर्न समेत आग्रह गरे ।
निर्वाचनका बेला पार्टीको टिकट वितरण प्रणालीमा नै त्रुटी रहेको औल्याउँदै निर्वाचनमा असहयोग गर्ने व्यक्तिहरुलाई मात्र नभइ टिकट वितरण गर्ने व्यक्तिलाई समेत जिम्मेवार बनाउने नीति बनाएर अघि बढ्न समेत सुझाव दिए ।
‘निर्वाचनमा सधैँ बागी विद्रोही उम्मेद्वारको मात्रै गल्ती हुदैन भन्ने कुरा विगतका धेरै निर्वाचन, त्यसका परिणाम र तत्पश्चात हाम्रो पार्टीले गरेका निर्णयहरुले प्रमाणित गरेका छन् । तर उम्मेद्वार छनौटको निर्णय गर्ने व्यक्ति कहिल्यै दण्डित भएनन् । जसका कारण पनि पार्टी भित्र वितृष्ण र विकर्षण बढ्नुको एउटा कारण टिकट वितरणको लाहपर्वाही पनि हो । त्यसैले त्यस्तो परिस्थितीमा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट प्रक्रियामा संलग्न निर्णायक व्यक्तिहरुलाई पनि जिम्मेवार बनाउँने नीति तय गर्नुपर्दछ । यसबाट उम्मेदवार छनौटमा देखिएको व्यथिती र भ्रष्ट्राचार अन्त्य गर्न सकिन्छ,’ उनले भनेका छन् ।
उनले जेनजी आन्दोलनपछि असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन गरिएको बताउँदै संविधानलाई ट्र्याकमा ल्याउन पनि निर्वाचनको विकल्प नरहेको उनको दाबी रहेको छ ।
‘नेपाली कांग्रेसले न्यायिक निरुपणको अदालती बाटोलाई निर्वाद खुल्ला राख्दै निर्वाचनको बाटोलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । अलमल गर्नु हुँदैन । २०६४ सालमा निर्वाचन हुन्छ कि हुँदैन भन्दै अलमल गरि बस्दाको परिणाम हामीले स्मरण गर्नुपर्दछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया