जेनजी आन्दोलनमा सुन्धारास्थित कारागारबाट भागेका सय किलो सुन प्रकरणका राई पक्राउ

लोकपथ
910
Shares

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागी फरार रहेका एक सय किलो सुन प्रकरणका हर्कराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

संगठित अपराध सुन भन्सार चोरी पैठारी तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर एक सय किलो सुन प्रकरणमा सो कारागारमा रहेका भोजपुरको अरुण गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने राई गत भदौ २४ गते भागेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ५१ वर्षीय राईलाई हिजो सोमबार बुढानीलकण्ठबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि हिजो नै कारागार कार्यालय, जगन्नाथदेवल, पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?