मुम्बई । पुराना र चर्चित बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईमा निधन भएको हो । धर्मेन्द्रलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
सन १९३५ मा पन्जाबमा धर्मसिंह देओलको रूपमा जन्मेका धर्मेन्द्र १९६० को दशकको सुरुमा फिल्ममा डेब्यू गरेका थिए । उनका शोले, फूल और पत्थर, यादों की बारात, धरम वीर चुपके चु चुपके, सीता और गीता फिल्म चर्चित छन् ।
रोमान्टिक, हास्य र एक्सन भूमिकालाई सहजै सन्तुलनमा राख्न सिपालु धर्मेन्द्र आफ्नो पुस्ताका सबैभन्दा प्रशंसनीय स्टारमध्ये एक हुन् ।
उनकी श्रीमती हेमा मालिनी, छोरा सनी र बबी देओल अनि छोरीहरू ईशा र आहाना देओल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया