काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज आकस्मिक बैठकमा शोक प्रस्ताव पारित गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कार्तिक २२, २३ र २४ गते केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ । साथै, कार्तिक २३ गते सबै कार्यालय बन्द हुनेछन् ।
निधनको १३ दिनसम्म शोक पुस्तिका राखिने र सम्बन्धित जिल्लामा शोक सभा आयोजना गरिने पनि बैठकले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया