स्याङ्जा । स्याङ्जामा २१ वर्षको उमेरमा चोरी घटनामा संलग्न भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
मिति २०४५-८-१६ गते स्याङ्जा जिल्ला, साविक फेदीखोला गाउँपालिका-२ हाल गल्लीङ्ग नगरपालिका-६ का दिलबहादुर रामनामका घरमा चोरी भएको घटनामा संलग्न भई फरार रहेका ६८ वर्षका गरी प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा जिल्ला अदालतले सो मुद्दामा फैसला गरी १ वर्ष १५ दिन कैद र ४५ सय जरिवानाको सजाय तोकेको थियो । तर गुरुङ फैसला पछि फरार भएका थिए ।
प्रहरीका अनुसार, लामो समयदेखि फरार रहेका गुरुङलाई बिहीबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।
पक्राउ परेका गुरुङलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि जिल्ला कारागारमा पठाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया