पेप्सीले काठमाडौंमा सुरु गर्‍यो ‘१० मिनेटमै’ डेलिभरी सेवा

लोकपथ
147
Shares

काठमाडौं । पेप्सी कम्पनीले काठमाडौंमा अर्डर गरेको १० मिनेटमै आफ्ना उत्पादन डेलिभरी दिने भएको छ । फास्टो डेलिभरी पार्टनरमार्फत् अर्डर गरेको १० मिनेटमै ग्राहकको ढोकामा पेप्सीका उत्पादन पुर्‍याउने प्रतिवद्धता जनाएको हो ।

नेपालमा रिफ्रेसमेन्टको पर्याय बनेको पेप्सी कम्पनीका उत्पादनहरु पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा लगायतका उत्पादनहरु ग्राहकले अर्डर गरेको १० मिनेटमै डेलिभरी दिनेगरी सहकार्य भएको पेप्सीले जनाएको छ ।

पेप्सी नेपालले ‘पेप्सी इन फास्टो’ अभियान अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोड तथा यसका तीन किलोमिटर आसपासका क्षेत्रमा फास्ट डेलिभरी सेवा सुरु गरेको हो । फास्टो डटकमको साझेदारीमा सञ्चालित यो सेवामा अर्डर स्वीकार भएपछि १० मिनेटभित्रै पेप्सीको रिफ्रेसमेन्ट ग्राहकको ढोकामा पुग्ने बताइएको छ ।

पेप्सीले यो नयाँ सेवामार्फत् ग्राहकहरूलाई उपलब्ध हुने सहजतालाई केन्द्रमा राखेको जनाएको छ । पेप्सीको नेपालस्थित आधिकारिक कम्पनी वरुण वेभरेज नेपालका एक प्रतिनिधिले भने, ‘आधुनिक उपभोक्ताहरू छिटो र सजिलो सेवाका लागि माग गर्छन् । हामीले सुरु गरेको १० मिनेट डेलिभरी सेवाले उक्त आवश्यकतालाई पूरा गर्नेछ ।’

वरुण बेभरेज नेपाल : एक विश्वसनीय संस्था

नेपालमा पेप्सीको उत्पादन र वितरण वरुण वेभरेज नेपालद्वारा गरिन्छ, जुन पेप्सी कम्पनीको एक प्रमुख फ्रेन्चाइजी संस्था हो । पेप्सीले काठमाडौंको पेप्सीकोला र नवलपरासीमा रिफिलिङ प्लान्ट नै सञ्चालन गरेर उत्पादन तथा बिक्री वितरण गरिरहेको छ भने यो संस्थाले आफ्ना कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम र सुविधा दिएको दाबी गरेको छ । यो कम्पनी नेपालमा दिगो विकास र सामाजिक उत्तरदायित्वमा पनि अग्रणी संस्था हो ।

पर्यावरणीय प्रतिवद्धता

पेप्सीको नेपालस्थित कार्यालय वरुण वेभरेजले नवीकरणीय उर्जा, सामाजिक उत्तरदायित्व कार्बन उत्सर्जनमा नियन्त्रण जस्ता कार्यमा समेत प्रयास गरिरहेको छ ।

नवीकरणीय उर्जा : कम्पनीले आफ्नो उत्पादन प्लान्टमा २ मेगावाटको सोलर पावर प्लान्ट स्थापना गरेको छ ।

जल संरक्षण : उत्पादन प्रक्रियामा पानीको खपत घटाउने प्रविधि अंगिकार गरेको छ । सन् २०२३ मा पेप्सीको एक लिटर उत्पादनमा १.७१ लिटर मात्र पानीको प्रयोग भएको छ, जुन सन् २०२२ भन्दा ६ प्रतिशतले कम हो ।

कार्बन उत्सर्जनमा नियन्त्रण : कार्बन र अन्य ग्यासको उत्सर्जन घटाउन कम्पनीले आफ्ना प्लान्टहरूमा ब्याग फिल्टरहरू स्थापना गरेको छ । यसपछि यहाँबाट उत्पादन हुने कार्बनको निष्तेजीकरण र वातावरणीय सरसफाईमा केही सफलता मिलेको छ ।

इलेक्ट्रिक सवारी साधन : कम्पनीले आफ्ना कार्यालय वा कर्मचारीहरुका लागि प्रयोग गर्दै आएको डिजेलबाट चल्ने पुराना बसलाई बिस्तारै इलेक्ट्रिक सवारी साधनले प्रतिस्थापन सुरु गरेको छ ।

सामाजिक उत्तरदायित्व

वरुण वेभरेज नेपालले स्वास्थ्य, शिक्षा र सामुदायिक विकासक्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।
स्वास्थ्य सेवा ः वरुण वेभरेजले काठमाडौंमा ‘आरू क्लिनिक’ स्थापना गरी निःशुल्क मेडिकल चेकअप, निशुल्क, ल्याब टेष्ट र निशुल्क औषधीसमेत वितरण गरेको छ । त्यसैगरी विराटनगरमा विराट हेल्थ केयर सञ्चालन गरी आँखा उपचारमा सहयोग गरिरहेको छ । त्यसैगरी अन्य स्वास्थ्य शिविरमा पनि कम्पनीले सहयोग गरिरहेको छ ।

समावेशिता : कम्पनीले आफ्नो कर्मचारी समूहमा करिब एक तिहाईको विविधता कायम गरेको दावी गरेको छ ।

नेपाली बजारमा पेप्सीको उपस्थिति

नेपालमा सन् १९९० देखि सञ्चालनमा रहेको पेप्सी नेपालले आफ्नो उत्पादन र वितरण मार्फत देशभरि ठूलो उपस्थिति कायम गरेको छ ।

पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, सेभेप–अप, स्लाइस, स्टिङ, ट्रपिकाना र एक्वाफिना जस्ता लोकप्रिय पेय पदार्थहरू बजारमा ल्याउने कम्पनीले देशभर दुई लाखभन्दा बढी रिटेल आउटलेटहरूमा आफ्ना उत्पादनहरू पुर्‍याएको छ । यसले गर्दा नेपाली उपभोक्ताहरूको रिफ्रेसमेन्टको माग पूर्ति भएको छ भने स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?