फुट्यो विप्लवको पार्टी, चिरन पुनले लगे ७५ केन्द्रीय समिति सदस्य

लोकपथ
10.9k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ ।

शुक्रबार चिरन पुन ‘मिलन’ को नेतृत्वमा पार्टी विभाजन भएको हो । आज पुन महासचिव रहनेगरी ७५ सदस्यीय केन्द्रीय समिति घोषणा समेत गरिएको छ । त्यस्तै साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको पुनले दाबी गरेका छन् ।

समाजवादी मोर्चामा आवद्ध दलहरुसँग एकता गर्नका लागि आफूले विद्रोह गरेको पुनको दाबी रहेको छ ।

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एकता गर्ने तयारीमा रहेका छन् । तर समाजवादी मोर्चा नै पार्टीका रुपमा रुपान्तरण हुने बहस भएपछि विप्लवले भने आफूले नेतृत्व पाउने दाबी गरेका थिए । तर विप्लवले नेतृत्वमा दाबी गरेपछि भने समाजवादी मोर्चा भन्दा एकीकृत समाजवादी र माओवादी मात्रै एकता गर्ने प्रक्रियामा लाग्दा पुनले भने पार्टीनै फुटाएर समाजवादी मोर्चासँग मिलाउने तयारी गरेका हुन् ।

आज पार्टी घोषणा गरिए पनि त्यसको नाम र आगामी कार्यदिशाबारे शनिबार मात्रै घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?