काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज (बुधबार) अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
एन-एएमएस (9N-AMS) कलसाइनको उक्त हेलिकोप्टर अवतरणको क्रममा बिहान करिब ७:५२ बजे दुर्घटनामा परेको कम्पनीले जनाएको छ । हेलिकोप्टरमा केवल पाइलट विवेक खड्का मात्रै सवार थिए ।
कम्पनीका अनुसार, क्याप्टेन खड्का सकुशल रहेका छन् र उनलाई काठमाडौं ल्याइँदै छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट पारेको छ ।
उक्त हेलिकोप्टरले विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट लुबुचे उडान भरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया