चार जनामध्ये आज दुई मन्त्रीको मात्र शपथ, विवादपछि रोकियो सुनार र श्रेष्ठको शपथ

लोकपथ
4k
Shares

काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये आज बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमको मात्रै शपथ हुने भएको छ । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ भने आज नहुने भएको छ ।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

श्रम तथा रोजगार मन्त्रीमा सिफारिस भएका भनिएका सुनार र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएका भनिएका श्रेष्ठको शपथ भने रोकिएको छ ।

सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो ।

राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?