‘बृहत्तर एलायन्स’ का लागि रास्वपाले खोल्यो ढोका

लोकपथ
693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीे (रास्वपा) ले बृहत्तर एलायन्सका लागि उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले सोसहितका निर्णय गरेको हो ।

बैठकको निर्णयहरुबारे जानकारी दिँदै पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माणका सम्बन्धमा भएका प्रयासहरुबारे समेत छलफल गरेको छ । साथै संवाद समितिको समितिको उपसंयोजकमा शिशिर खनाल र डा. तोसिमा कार्कीलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

‘परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माण सम्बन्धमा भएका प्रयासहरू बारे छलफल गर्दै उच्चस्तरीय संवाद समिति विस्तार गर्ने । संवाद समितिको उपसंयोजकमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री श्री शिशिर खनाल र सदस्यमा केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री डा. तोसिमा कार्कीलाई मनोनयन गर्ने । संवाद समितिमा आवश्यकता अनुसार पार्टी सचिवालय सदस्यहरूलाई संवाद दूतका रुपमा संलग्न गराउने,’ निर्णयमा भनिएको छ ।

त्यस्तै आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनको सम्बन्धमा वाचापत्र तयारी समिति समेत गठन गरेको छ । समितिमा सन्तोष परियार, सोविता गौतम, गणेश कार्की र डा. नन्दन यादवलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?