कांग्रेसको विशेष महाधिवेशनमा जेनजी पुस्ता प्रतिनिधि बन्न सक्दैनन् : मोहन बस्नेत

लोकपथ
749
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले पार्टीको १४औँ विशेष महाधिवेशनमा नयाँ पुस्ता, अर्थात् जेनजीका प्रतिनिधिहरू सहभागी हुन नपाउने बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वमन्त्री बस्नेतले भने, ‘विशेष महाधिवेशनको प्रतिनिधि महाधिवेशनकै पुराना प्रतिनिधिहरू हुने भएकाले नयाँ पुस्ताले प्रतिनिधित्व पाउन सक्दैनन् ।’

उनले यस सन्दर्भमा पार्टीले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिएका छन् । ‘यदि नियमित महाधिवेशन हुन नसक्ने हो भने त्यसको कारण किन हो भन्ने कुरा स्पष्ट हुनुपर्छ,’ बस्नेतले भने ।

उनले थपे, ‘१४औँ विशेष महाधिवेशनमा प्रतिनिधिले मात्र भोट हाल्न पाउने व्यवस्था छ भने जेनजी पुस्ताले आफ्नो वकालत कसरी गर्न सक्छन्, र तिनले भोट हाल्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा स्पष्ट हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?