काठमाडौं । नेकपा (एमाले) को दसौँ केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरमा सुरु हुँदैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थामाथि प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र प्रस्तावमाथि छलफल हुने एमालेले जनाएको छ । साथै, आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनका तयारी र विविध विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।
यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले असोज २९, ३० र ३१ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।
पार्टीको ११ औँ महाधिवेशन मंसिरको अन्तिम सातातिर गर्ने तयारी भए पनि त्यसको मिति र स्थान केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया