काठमाडौं । राष्ट्रिय एकता अभियानले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा अभियानले सरकार गठन भएको एक महिना बितिसक्दा पनि भ्रष्टाचार न्यूनिकरणका लागि पहल नगरेको भन्दै प्रदर्शन गरेको हो ।
भ्रष्टाचार छानबिनमा देखिएको ढिलासुस्ती र निष्क्रियताप्रति कडा आपत्ति जनाउँदै अभियानले सरकारलाई तत्काल कदम चाल्न दबाब दिएको हो ।
‘भ्रष्टाचारविरुद्ध नागरिकको दबाब, पारदर्शिता र न्याय हाम्रो अधिकार’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा उपस्थित भएकाहरुले विभिन्न भ्रष्टाचारका काण्डहरूमा संलग्न दोषीमाथि अविलम्ब कारबाहीको माग गरेका थिए ।
उनीहरुले विशेषगरी ठूला र चर्चित भ्रष्टाचारका काण्डहरूमाथि केन्द्रित भएर चर्का नाराबाजी गरेका थिए ।
उनीहरूले ‘पोखरा एयरपोर्टका भ्रष्टाचारीलाई कारबाही गर, विकासको हत्यारालाई उन्मुक्ति नदे !, गिरिबन्धु र भुटानी शरणार्थी फाइल ओपन गर, सत्य छिपाउने खेल बन्द गर !, ‘टेराम्याक्स घोटालाबाजलाई कारबाही गर’ लगायतका नाराहरु लगाएका थिए ।
कार्यक्रम युवा नेता सुरेन्द्र स्वारको नेतृत्वमा सम्पन्न भएको थियो, जहाँ राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, अभियन्ता शम्भू देव, अधिवक्ता चन्द्र यदुवंशी, र अभियन्ता रामबाबु यादव लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । उनीहरूले नागरिक सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया