काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक भए ।
देउवा पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी मुख्यालय सानेपामा पुगेका थिए । सभापति देउवाले जेनजी आन्दोलनका घाइते भएका थिए । सो क्रममा देउवालाई सुरक्षाकर्मीले लामो समय पहरा दिएर ज्यान बचाएको थियो ।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आफ्नो ज्यान बचाउने सुरक्षाकर्मीसहित सुभचिन्तकहरुाई धन्यवाद ज्ञापन गरे । यसअघि कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिएका देउवाले आन्दोलनका क्रममा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्य लाभको कामना गरे ।
यता जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ । पार्टीभित्र विशेष महाधिवेशनको समेत कुरा उठिरहेका बेला सभापति देउवाले भने उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आफूलाई स्वास्थ्यले समेत साथ नदिएको भन्दै पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको बताए ।
पूर्णपाठ पढ्नुहोस् :













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया